१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

पूर्व मुख्यमन्त्रीमाथि आक्रमण गर्ने प्राधिकरणका कर्मचारी धरौटीमा रिहा



बिर्तामोड-कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्ने नेपाल विद्युत् प्राधिकरणका दुईजना कर्मचारी धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले शिवसताक्षी ११ घर भएका भक्तबहादुर कटुवाल र कन्काई ३ घर भएका पृथ्वी श्रेष्ठलाई धरौटीमा छोड्ने आदेश दिएको हो ।

बयानपछि विद्युत् प्राधिकरणका कर्मचारीलाई जनही ५ हजार धरौटी लिएर छोडिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिनुभयो ।

पूर्व मुख्यमन्त्री थापामाथि अभद्र व्यवहार गरेको कसुरमा माघ ६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले प्राधिकरणका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो ।

नेपाली कांग्रेस कोशी प्रदेशका सभापति समेत रहेका थापामाथि माघ ५ गते साँझ प्रेस युनियनको कार्यक्रमबाट घर फर्किने क्रममा आक्रमण भएको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार ००:००  १० : ०८ बजे