बिर्तामोड-नेपाल भारत सीमाकाे पन्थापाडाबाट प्रहरीले सोमबार साँझ लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-५ घर भएका ३० वर्षीय प्रविण गिरी र कनकाई-८ घर भएका २५ वर्षीय सुमन राजवंशी रहेका छन् ।
भारतबाट मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनीहरूका साथमा १० ग्राम १५ मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार झापा गाउँपालिका-१ को लसुनाबाट प्रहरीले थप दुई जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका ४ घर भएकी १९ वर्षीया रदिमा बर्देवा र इन्दिरा लिम्बू रहेका छन् । उनीहरूको साथमा एक ग्राम ६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।