काठमाडौँ-आफूले एमाले छोडेको भन्ने भ्रमपूर्ण प्रचारबाजी प्रति एमाले सचिव लेखराज भट्टले आपत्ति प्रकट गर्नु भएको छ । भट्ट एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भइरहँदा यस्तो प्रचार सार्वजनिक भएको थियो ।
आफूले एमाले छोडेको भनी गरिएको प्रचार एमाले र आफू विरुद्ध फैलाइएको सुनियोजित भ्रम र षड्यन्त्र भएको भट्टले बताउनुभयो । उहाँले आफू एमाले बाहिर रहने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्नुभयो ।
सुदूरपश्चिममा कमजोर बन्दै गएका शक्तिहरूले यस्तो भ्रम फैलाएको हुनसक्ने बताउँदै भट्टले एमालेको बढ्दो प्रभाव रोक्नका गरिएको प्रचार निराधार भएको टिप्पणी गर्नुभयो ।