९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

पूर्व मेयर शिवाकोटीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश



बिर्तामोड-बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोप लागेका बिर्तामोड नगरका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटीलाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार किरणकुमार सिंहले शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरेर उपचार गर्ने व्यवस्था मिलाउन अदालतले झापा कारागार प्रशासनलाई पत्र पठाएको बताए ।

मङ्सिर २४ गते पक्राउ परेका शिवाकोटी लामो समयदेखि अस्वस्थ छन् । पक्राउ परेपछि पनि उनी अस्पतालमै थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार ००:००  ७ : २८ बजे