५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

हल्दीबारीका १८० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण



हल्दीबारी-लायन्स क्लव अफ बिर्तामाेडले स्थानीय दुईवटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।

हल्दीबारी २ स्थित राष्ट्रिय एकता प्राथमिक विद्यालय र नव सृजना प्राथमिक विद्यालयका विद्यार्थीलाई लायन्स क्लबले ती सामग्री वितरण गरेको हो ।

क्लबका अध्यक्ष प्रदीप खरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा विद्यालयका १८० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको बताए ।

राष्ट्रिय एकता प्राविका ११० जना र नव सृजना प्राविका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको हो ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार ००:००  ८ : ५१ बजे