काठमाडौँ-सहकारी संस्थालाई थप व्यवस्थित गर्न सरकारले अध्यादेशमार्फत प्रक्रिया अगाडि बढाउने भएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फैलिएको भ्रम चिर्न सहकारीमा नयाँ व्यवस्था गर्न अध्यादेश ल्याइएको बताए ।
अध्यादेशले राष्ट्रिय सहकारी विकास बोर्डलाई खारेज गरी सहकारी नियमन गर्न सहकारी नियमन प्राधिकरणको व्यवस्था गरेको छ ।
अहिले आएको अध्यादेशमा नमिलेका विषय फेरि मिलाउँदै जान सकिने मन्त्री अधिकारीले बताए ।


















