८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

हिरासतमा लामिछानेको फोटो खिच्ने डाक्टर भुसाल पक्राउ



काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासत कक्षमा सुतिरहेको फोटो खिचेको आरोपमा प्रहरीले डाक्टर निकोलस भुसाललाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार साँझ काठमाडौँबाट डाक्टर भुसाललाई पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले डाक्टर भुसाल पक्राउ परेको र उनलाई कास्की ल्याउने तयारी भइरहेको जनाएका छन् ।

स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला डा. भुसालले सभापति लामिछानेको फोटो खिचेको जनाइएको छ । उनले गलत नियतका साथ फोटो नखिचिएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार ००:००  ७ : ५६ बजे