९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

रवि लामिछानेलाई बयानका लागि चितवन लैजाने तयारी



काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिने भएको छ । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका लामिछानेलाई बयानका लागि लैजान लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले लामिछानेलाई आज बिहान चितवन ल्याउन लागिएको जनाएका छन् । सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोप लामिछानेमाथि छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार ००:००  ८ : ०८ बजे