८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

उर्लाबारी दुर्घटना : थप एक घाइतेको मृत्यु, अर्का घाइतेको अवस्था चिन्ताजनक



उर्लाबारी-मोरङको उर्लाबारीस्थित मंगलबारेमा बिहीबार साँझ भएको दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोरङको बेलबारी घर भएका २६ वर्षीय अमित लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको मोरङका डीएसपी वेद जोशीले बताए ।

दुर्घटना लगत्तै मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय दीपक धिमाल र मोरङको कानेपोखरी गाउँपालिका–४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङले ज्यान गुमाएका थिए ।

प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १(०२(०५० प ८४०६ र पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । घाइते पथरी ५ का ३८ वर्षीय विष्णु धिमालको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ००:००  ८ : ३५ बजे