झापा-पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको शनिबार बसेको बैठकले राज्य सत्ताको स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएकाले त्यसविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।
बैठकले सहकारी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष पनि निकालेको छ ।
बैठकपछि प्रवक्ता झाले विज्ञप्ति जारी गरी भनेका छन्, ‘यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाकाे बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याई छ।’


















