झापा-नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात गर्ने सरकारी योजना अन्योलमा परेको छ । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले अनुमति नदिएपछि बङ्गलादेशमा बिजुली बेच्ने सरकारको योजना अनिश्चित बनेको हो ।
गत असोज १७ मा भएको सम्झौता अनुसार नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात गर्ने तयारी भएको थियो । तर, भारतीय पक्षले अनुमति दिन आनाकानी गरेपछि निर्यात योजना अलमलमा छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले पूर्व सम्झौताअनुसार भारतबाट अनुमति नआएका कारण बङ्गलादेशमा तत्काल विद्युत् निर्यातको सम्भावना नरहेको बताए ।
सम्झौता कार्यान्वयनमा आए नेपाल विद्युत् प्राधिकरणले प्रति युनिट आठ रूपैयाँ ६४ पैसाका दरले बङ्गलादेशलाई बिजुली बेच्नेछ ।


















