सतासीधाम-गौरीशंकर प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । तिहारको पूर्वसन्ध्यामा ७९ जना विद्यार्थीले विद्यालय पोशाक प्राप्त गरेका हुन् ।
सोमबार आयोजित कार्यक्रममा शिवसताक्षी वडा नम्बर ६ का वडा सदस्य गोमा रिजालले विद्यार्थीलाई पोशाक वितरण गरेकी छन् । वडाको बजेटबाट ३८ जना विद्यार्थीले पोशाक पाएका छन् ।
कार्यपालिका सदस्यसमेत रहेकी रिजालले व्यक्तिगत पहलमा ४१ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएको विद्यालयले जनाएको छ । वडाध्यक्ष मनोज खुलालका अनुसार आदिवासी समुदायका बालबालिका उक्त विद्यालयमा अध्ययन गर्छन् ।


















