बिर्तामोड-प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीनवटा सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार यस्तो निर्णय गरेको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए ।
स्वास्थ्य मन्त्री पौडेलका अनुसार आगामी मंसिर १ गतेबाट यो निर्णय कार्यान्वयनमा आउनेछ । सरकारी यो निर्णय कार्यान्वयनमा आए क्यान्सर पीडित सयाैँ बालबालिका र तिनका अभिभावकले राहत महसुस गर्नेछन् ।


















