बिर्तामोड-कन्काई यातायात व्यवसायी सङ्घको अध्यक्षमा कुलप्रसाद ओडारी चयन भएका छन् । ओडारीको अध्यक्षतामा शनिबार नाै सदस्यीय कार्यसमिति चयन भएको हो ।
संस्थापक सदस्य समेत रहेका ओडारीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ । २३औँ साधारण सभाबाट उपाध्यक्षमा केदारनाथ ओडारी, सचिवमा कृष्णप्रसाद प्रसाई, सहसचिवमा प्रदीप ओडारी र कोषाध्यक्षमा गंगाराम ओडारी निर्वाचित भएका छन् ।
सदस्यमा पदमप्रसाद खरेल, टीका ओडारी, रामचन्द्र खरेल र भरत ओडारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजकुमार ओलीले बताए । कोशी प्रदेशका सांसद गोपाल बिकको प्रमुख आतिथ्यमा साधारण सभा भएको थियो ।


















