९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

विदेशमा रहेका युवा स्वदेश फर्किएर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने प्रधानमन्त्रीको धारणा



झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवा स्वदेश फर्किएर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले गरिबी निवारण गरी सबैलाई सम्मानजनक रुपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारिएको बताए ।

नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोजगारीका अवसर सिर्जना गर्न सरकारले प्रयास थालेको बताउँदै स्वदेश फर्किएका युवाहरुले त्यसमा सघाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  ६ : ५६ बजे