९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

पहिलो पटक अलैँची ग्रेडिङ गर्ने उपकरण निर्माण : मूल्यको समस्या हट्ने किसानको अपेक्षा



झापा-नेपालमा पहिलोपटक अलैँची प्रशोधन गर्ने उपकरण निर्माण भएको छ । कामांक्षा कृषि एग्रो एण्ड इन्जिनियरिङ कम्पनीले अलैँची ग्रेडिङ गर्ने उपकरण बजारमा ल्याएको हो ।

कम्पनीले हाते र विद्युतीय गरी दुईथरिका ग्रेडिङ मेसिन बजारमा ल्याएको छ । दुवै उपकरणले अलैँची ग्रेडिङ गर्न सहज हुने अपेक्षा गरिएको छ ।

कम्पनीले तीन महिनादेखि लगातार अलैँची उत्पादन भइरहेका क्षेत्रमा ग्रेडिङ मेसिन पठाइरहेको छ । ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर लगायतका जिल्लामा ग्रेडिङ मेसिन पठाएको कम्पनीले जनाएको छ ।

अलैँचीको ग्रेडिङ नहुँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यता किसानले बेहोर्दै आएका छन् । ग्रेडिङ मेसिन उपलब्ध भएपछि मूल्यको समस्या हट्ने किसानहरु बताउँछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  १० : १२ बजे