झापा-राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाखमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । बुधबार सम्पन्न पहिलो राष्ट्रिय भेलामा पार्टी सभापति रवि लामिछानेले आगामी वैशाख चौथो साता महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
भेलामा सभापति लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने उल्लेख छ । सभापति लामिछानेले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव पनि गरेका छन् ।
राष्ट्रिय भेलामा प्रदेशस्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन र संसदीय अभ्यास लगायतका विषयमा छलफल भएको थियो ।


















