बिर्तामोड-व्यवसायी कृष्णप्रसाद बजगाईले बिर्तामोड उद्योग वाणिज्य संघलाई ३५ हजार १०० रुपैयाँ सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर बजगाईले संघले स्थापना गरेको व्यवसायी राहत कोषमा उक्त रकम प्रदान गरेका हुन् ।
बुधबार बजगाईंको जन्मदिवस थियो । संघका अध्यक्ष राजु न्यौपानेलाई बजगाईले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । सङ्घका तर्फबाट अध्यक्ष न्यौपानेले बजगाईंलाई प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रममा वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कुशल खतिवडा, उद्योग सचिव पुकार बराल, कोषाध्यक्ष युवराज निरौला लगायतको उपस्थिति रहेको थियो ।


















