झापा- सरकारले सहकारी सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको बताएका हुन् ।
प्रतिनिधि सभाका सदस्य सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले सोमबार संसद्लाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।


















