८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

बिर्तामोडको पाथिभरा इञ्जिनियरिङ कलेजमा अब ओभरसियरको पढाइ हुने



बिर्तामोड-झापाको बिर्तामोडस्थित बस पार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजमा ओभरसियर पढाइ हुने भएको छ । कलेज व्यवस्थापनले मंगलबार पत्रकार सम्मेलन गरी यसै वर्षदेखि पढाउने तयारी भइरहेको जनाएको हो ।

एसइइको मौका परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरेर कलेजले यसै वर्षदेखि ओभरसियरका कक्षा सञ्चालन गर्ने कलेजका कार्यकारी प्रमुख अनुज पराजुलीले बताए ।

सिटिइभिटीबाट तीन वर्षे डिप्लोमा कोर्सका लागि सिभिल इलेक्ट्रिकल र कम्प्युटर विषयमा कलेजले सम्बोधन प्राप्त गरेको अध्यक्ष युवराज प्रसाईले बताए ।

‘एसइ वा सो सरह पास गरेका सम्पूर्ण विद्यार्थीले यसै वर्षदेखि भर्ना भई अध्ययन गरी ओभरसियर बन्न सक्नेछन्’, पत्रकार सम्मेलनमा अध्यक्ष प्रसाईले भने, ‘स्रोत व्यवस्थापनको सुनिश्चितता भएकाे हाम्रो जस्तो कलेजमा पढाइमा कुनै समस्या छैन ।’

प्राविधिक शिक्षा अध्ययनका लागि उपकरणले मात्रै नहुने बताउँदै पढाउने दक्षता भएका प्राध्यापकहरू उपलब्ध हुनुपर्नेमा अध्यक्ष प्रसाईको जोड छ । ओभरसियर अध्ययन गर्न चाहने विद्यार्थीले अरु कलेजको तुलनामा सर्वसुलभ शुल्कमा पढ्न पाउनेछन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार ००:००  ७ : ३७ बजे