२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

झापाको धानवालीमा रोगको संक्रमण : तीनवटा पालिका बढी प्रभावित



बिर्तामोड–झापाको धानवालीमा रोगको संक्रमण देखिएको छ । धानबालीमा सिथ ब्लाइट अर्थात पातको फेद कुहिने रोग देखिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । संक्रणबाट झापाका तीनवटा पालिका बढी प्रभावित छन् ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले अर्जुनधारा, गौरादह र कचनकवलमा सिथ ब्लाइटको समस्या बढी देखिएको बताए । ‘अरु स्थानीय तह पनि आंशिक रुपमा प्रभावित छन्’, बिष्टले भने, ‘थप संक्रमण बढ्न नदिन नियन्त्रणको प्रयास सुरु गरिसकेका छौँ ।’

ज्ञान केन्द्रले स्थलगत अनुगमनपछि किसानलाई औषधि वितरण गरिरहेको बिष्टले बताए । रोगका कारण धानमा बाला कम लाग्ने भएकाले उत्पादन घट्ने अनुमान गरिएको छ । झापामा यो वर्ष ७५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान खेती लगाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार ००:००  ९ : १५ बजे