बिर्तामोड- झापाको गौरीगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । गौरीगञ्ज–२ का ३३ वर्षीय महेश राजवंशीको करेन्ट लागेर ज्यान गएको हो ।
सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई राजवंशीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेरघाइते भएका राजवंशीलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो ।


















