२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

नेपाल प्रजातन्त्र सेनानी संघ झापाको अध्यक्षमा सिटौला



झापा-नेपाल प्रजातन्त्र सेनानी संघ झापाको मंगलवार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा लिलक सिटौलालाइ निर्विरोध निर्वाचित गरेको छ ।

प्रजातन्त्र प्राप्तिका लागि राजनीतिक दल प्रतिबन्धित काल एवम् पञ्चायती शासन ब्यवस्थाकाविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा होमिएका प्रजातन्त्र सेनानी एवम् तिनका परिवारहरुलाई संगठित गर्ने उद्देश्यले नेपाल प्रजातन्त्र सेनानी संघ गठन भएको हो ।

गठित समितिको उपसभापतिमा उत्तमकुमार सुवेदी, सचिवमा पंकज घिमिरे निर्विरोध निर्वाचित भएका छन् । समितिका सदस्यहरुमा बिलास मल्लिक डोम, कमलप्रसाद राजवंशी, जयबहादुर राई, आसमानसिंह राजवंशी, बलराम तामाङ, ज्ञानमणि भुर्तेल, चक्रप्रसाद सिटौला, टेकनाथ उप्रेती, झुनादेवी बानिया, सूर्य ढुङ्गाना, लुथ्रो हेमरम, तीर्थराज डाँगी निर्वाचित भएको निर्वाचन अधिकृत इन्दु पूर्वेलीले बताइन् ।

अधिवेशनले रामकुमारी पौडेल, टीकाप्रसाद प्रसाई, विरबहादुर प्रसाई, युद्धराज ओली, शरद शिवाकोटी, यामप्रसाद भण्डारी र श्यामलाल दाहाललाई केन्द्रीय प्रतिनिधिमा निर्विरोध चयन गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

निर्वाचित पदाधिकारी, सदस्य एवं केन्द्रीय प्रतिनिधिहरुलाई नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, उपसभापति शेरबहादुर भट्टराई, प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य देवीप्रसाद डाँगी, तेजप्रसाद सुवेदी, नरेन्द्रकुमार कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, झापाका पूर्व उपसभापति राम कट्टेललगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार ००:००  ८ : ४६ बजे