९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

पाँच लाख नयाँ संगठित सदस्य थप्ने जनता समाजवादीको घोषणा



झापा-जनता समाजवादी पार्टीले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ५ लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने घोषणासहित समाजवादीले सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नयाँ संगठित क्रियाशील सदस्य थप गर्दै लैजाने र त्यसका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागिएको बताए ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट अभियान सञ्चालन गर्ने निर्णय भएको हो । निर्णयपछि नेताहरूलाई जिम्मेवारी सहित अभियान सफल बनाउन निर्देशन दिएको अध्यक्ष यादवले बताए ।

‘भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको छ’, अध्यक्ष यादवले भने, ‘अभियान सञ्चालनका लागि केन्द्रीय समितिका सदस्यलाई एक दिने प्रशिक्षण समेत दिइसकेका छौँ ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार ००:००  ९ : ३५ बजे