काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक अधिकार खोस्न खोजिए सरकारविरुद्ध सशक्त रुपमा सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।
संविधान संशोधनमार्फत कांग्रेस र एमालेले नागरिकको अधिकार खोस्ने प्रयास गर्न सक्ने सम्भावना पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘फेरि सडकमा पलेटी कसेर जनदबाब सिर्जना गर्न बाध्य नपारियोस् ।’
दुई ठूला दलले थ्रेसहोल्ड बढाएर साना दलहरूलाई निस्तेज पार्न खोजेको जिकिर गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यसविरुद्ध डटेर प्रतिकार गर्ने बताए ।



















