झापा-सरकारको मुख्य सचिवमा लीलादेवी गड्ताैला नियुक्त भएकी छन् । मुख्य सचिवमा पहिलो महिलाका रूपमा गडतौलाको नियुक्ति भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्य सचिव गड्ताैलालाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले बधाई तथा शुभकामना भनेका हुन् ।
मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले कायममुकायम निमित्त मुख्य सचिव गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


















