८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

काँकडभिट्टाबाट ब्राउन सुगरसहित लिम्बू पक्राउ



काँकडभिट्टा– लागूऔषध ब्राउन सुगरसहित झापाको कमल गाउँपालिका-४ का धनबहादुर लिम्बू पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका लिम्बूलाई बुधबार साँझ काँकडभिट्टाबाट प्रहरीले समातेको हो ।

लिम्बू बा.५३ प.१२४५ नम्बरको मोटरसाइकलमा सवार थिए । शङ्का लागेर चेक जाँच गर्दा उनको साथमा दुई ग्राम १९० मिलिग्राम ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले उनलाई नेपाल भारत सीमाको मेची पुलबाट पक्राउ गरेको हो ।

हेल्मेटभित्र लुकाएको अवस्थामा ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बूको साथमा दुई थान मोबाइल, दुई थान एटीएम कार्ड र नगद १० हजार फेला परेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार ००:००  ९ : ३५ बजे