दमक– करेन्ट लागेर झापाको दमकमा सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका १३ घर भएका १९ वर्षीय मौसम राईको मृत्यु भएको हो ।
राई दमक ३ स्थित धिमाल टोलमा डेरा बस्दै आएका थिए । डेरा बसेको घरदेखि करिब ३० मिटर पश्चिमपट्टि रहेको खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा राई घाइते भएका थिए ।
घाइते अवस्थामा फेला परेका राईलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारका क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















