ताप्लेजुङ-एक वर्षको अवधिमा २ लाखभन्दा बढी तीर्थयात्रीले प्रसिद्ध तीर्थस्थल पाथिभरामा दर्शन गरेका छन् । आर्थिक वर्ष ८०-८१ मा दुई लाख ३१ हजार ३३४ जनाले दर्शन गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ।
समितिका निर्देशक प्रजिन हाङबाङका अनुसार झरी र वर्षाको यो मौसममा पनि असारमा २ हजार ७५६ जनाले दर्शन गरेका छन् । दर्शनार्थीबाट २० लाख ४४ हजार बराबरको भेटी सङ्कलन भएको छ ।
पाथिभरा क्षेत्र विकास समितिले एक वर्षमा सङ्कलन भएको भेटेको विस्तृत विवरण केही दिनपछि सार्वजनिक गर्ने जनाएको छ ।


















