८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

झापामा सुरु भयो ट्राफिक सप्ताह



बिर्तामोड-झापामा ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्राफिक सप्ताह प्रारम्भ भएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बिहिबार दुईजना बालिकालाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् ।

झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्राफिक सप्ताहका विभिन्न कार्यक्रम सञ्चालन हुने बताए ।

चालक सचेत हुन सके सवारी दुर्घटना कम हुने जनाउँदै प्रहरी निरीक्षक न्यौपानेले दुर्घटना न्यूनीकरण अभियानमा साझा दायित्व हुने बताए ।

झापाका प्रहरी प्रमुख एसपी मिलन केसीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच ट्राफिक सप्ताह उद्घाटन गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष रोहित प्रसाई, यातायात व्यवसायी राजेन्द्र रिजाल, सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरी, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, लगायतले सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको भूमिका उत्तिकै गतिशील र प्रभावकारी हुनुपर्ने बताए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार ००:००  १० : १८ बजे