दमक– झापाको दमक मिक्लाजुङ सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति पौने ११ बजे भएको दुर्घटनामा मोरङ मिक्लाजुङ गाउँपालिका-१ घर भएका २२ वर्षीय सगुन राईको मृत्यु भएको हो ।
राई मे ५ प ९७३१ नम्बरको मोटरसाइकलमा सवार थिए । मावापुलमा उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अनुहार र घुँडामा गम्भीर चोट लागेका राईलाई उपचारका लागि दमकस्थित खरखरे अस्पताल भर्ना गरिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।


















