११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

देशभर फैलियो डेङ्गुको संक्रमण



झापा-डेङ्गुको संक्रमण देशभर फैलिएको छ। नेपालका ६९ वटा जिल्लामा संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार सन् २०२४ को सुरुदेखि जुन पहिलो सातासम्म ११०५ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी संक्रमित बागमती र कोशी प्रदेशमा भेटिएका छन् । कोशीमा २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

गतवर्ष ५२ हजार ७९० जनामा डेङ्गुको संक्रमण पुष्टि भएको थियो । लगातार सङ्क्रमण बढ्दै गएपनि नियन्त्रणका लागि सरकारी प्रयास भने प्रभावकारी हुन सकेको छैन ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ००:००  ९ : ५१ बजे