१ असार २०८३, सोमबार | Mon Jun 15 2026

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन : तस्करी रोक्न निर्देशन कुरिरहनु पर्दैन



काठमाडौँ-गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण गर्दै सुरक्षा व्यवस्था कायम गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताएका छन् । सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले प्राकृतिक स्रोतको दोहन र गुण्डागर्दी नियन्त्रण गर्न तत्काल लाग्नुपर्ने बताएका हुन् ।

गृह मन्त्रालय हिजो कसरी चलेको थियो अब त्यसरी नचल्ने बताउँदै गृहमन्त्री लामिछानेले आफू रहुन्जेल राम्रो काम गर्ने र नागरिकलाई आशा दिनु बाहेक आफ्नो अर्को स्वार्थ नरहेको बताए ।

सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउन नहुने बताउँदै गृहमन्त्री लामिछानेले अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

गृहमन्त्री लामिछानेले दण्डहिनताको अन्त्य गरी फरार अपराधी नियन्त्रणमा तत्काल देखिने गरी काम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई भनेका छन् ।

आगामी ९० दिनभित्र गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्ने बताउँदै गृहमन्त्री लामिछानेले काममा आलटाल गर्ने निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्याङ्कन हुने चेतावनी पनि दिएका छन् ।

नेता तस्कर र स्वार्थ समूहले सरुवा बढुवाका लागि सिफारिस गरे जसको नाम आउँछ उसैलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेको अर्को चेतावनी छ । उनले गल्ती गर्दा बचाउन सिफारिस गर्ने प्रवृत्ति स्वीकार्य नहुने पनि स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार ००:००  ९ : ५५ बजे