काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् ।
मङ्गलबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सांसदहरूलाई निर्देशन दिएका हुन् ।
आफूहरूको पहलकदमीमा नयाँ गठबन्धन बनेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वामपन्थी पार्टीहरूको अगुवाइमा बनेको नयाँ गठबन्धन टिकाउनु आफूहरूको दायित्व हुने बताए ।

















