९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सरकारमा सहभागी हुने नेकपा एकीकृत समाजवादीको निर्णय



बिर्तामाेड– नेकपा एकीकृत समाजवादी सरकारमा सामेल हुने भएको छ । नेकपा एमाले माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने विषयमा समाजवादीले सहमति जनाएको हो।

सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न अध्यक्ष माधवकुमार उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ००:००  ५ : ४६ बजे