८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

करेन्ट लागेर झापाको बाह्रदशीमा एकजनाको मृत्यु



बिर्तामोड-करेन्ट लागेर झापाको बाह्रदशी गाउँपालिका-६ मिलन चोकमा मङगलबार एकजनाको मृत्यु भएको छ । स्थानीय बुद्धराज लिम्बुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरभन्दा ५०० मिटर पश्चिम खेतको खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा लिम्बु घाइते भएका थिए ।करेन्ट लागेर घाइते भएका लिम्बुको अस्पताल लैजाने तयारी गर्दा गर्दै घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा प्रहरी नायब निरीक्षक खड्गबहादुर गिरीको नेतृत्वमा टोली परिचालन गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार ००:००  ४ : २७ बजे