५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

सर्पले डसेर कचनकवलमा महिलाकाे मृत्यु



बिर्तामोड-झापाको कचनकवलमा-१ मा बिहीबार दिउँसो सर्पले डसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय टीकामाया दाहाल रहेकी छन् ।

खेतमा काम गरिरहेको बेला दाहाललाई सर्पले डसेकाे थियो ‌। बिर्तामोडकाे बीएण्डसी अस्पतालमा उपचारका क्रममा दाहालकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार ००:००  ५ : ०१ बजे