बिर्तामोड-झापाको अर्जुनधारा नगरपालिकाले आज शोक बिदा दिएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता केशवकुमार बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले बिदा दिएको हो ।
कार्यवाहक नगर प्रमुख खड्गमाया पराजुलीले मङ्गलबार सूचना जारी गरी बुधबार एक दिनका लागि सार्वजनिक विदा दिइएको जानकारी दिनुभयो ।
तत्कालीन प्रधानपञ्च समेत रहनुभएका पूर्वमन्त्री बुढाथोकीको सोमबार राति निधन भएको थियो । उहाँको मङ्गलबार दिउँसो कन्काई आर्यघाटमा दाहसंस्कार गरिएको छ ।



















