झापा–भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छन् । आइतबारको एपिसोडबाट उनी बाहिरिएको घोषणा भएको हो ।
मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्, मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

















