५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

मेचीनगरका १६४ महिलाले पाए सुत्केरी पोषण सामग्री



मेचीनगर-मेचीनगर नगरपालिकाले सञ्चालन गरेको सुत्केरी पोषण कार्यक्रम अन्तर्गत पछिल्लो ६ महिनामा १६४ जनाले सुविधा पाएका छन् ।

अस्पतालमा सुत्केरी भएका र बच्चाको जन्मदर्ता गरेका महिलालाई नगरपालिकाले सुत्केरी पोषण कार्यक्रम अन्तर्गत दुई हजार मूल्य बराबरको पोषण सामग्री वितरण गर्दै आएको छ।

नगरपालिकाले बनाएको मापदण्डका आधारमा सुत्केरी महिलाले एक किलो घिउ, मह र मिक्स गेडागुडी प्राप्त गर्दै आएको उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।

नगरपालिकाले १५ वटै वडामा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । निमित्त स्वास्थ्य शाखा प्रमुख रामप्रसाद अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा ११२ जना सुत्केरीले पोषण सुविधा प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार ००:००  ९ : ४३ बजे