बिर्तामाेड– प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा झापामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । प्रेस चौतारी झापाले कार्यक्रम आयोजना गरेको हो ।
बिर्तामोड-७ स्थित सहिद नेत्रपार्कमा स्थापना दिवस मनाउने गरी तयारी गरिएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताए ।
स्थापना दिवसका अवसरमा सम्मान तथा वनभोज कार्यक्रम राखिनुका साथै बिर्तामोड आँखा अस्पताल सँगको सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको छ ।


















