९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

एमाले अध्यक्ष केपी ओली झापा आउँदै



बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आउनुहुने भएको छ । गृह जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली झापा आउन लाग्नुभएको हो ।

झापा इनर्जी लिमिटेडद्वारा शिवसताक्षीको सालमारामा निर्मित १० मेगावाट क्षमताको सौर्य ऊर्जामा आधारित विद्युत् परियोजना उद्घाटनका लागि अध्यक्ष ओली आउन लाग्नुभएको प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताउनुभयो।

माघ २३ गते परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था र जनस्तरबाट करिब ८३ करोड रुपैयाँको लागतमा निर्मित परियोजनाबाट विद्युत् उत्पादन सुरु भइसकेको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ००:००  ९ : ४३ बजे