८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

नगर अस्पताललाई तीन थान आर्म चेयर हस्तान्तरण



बिर्तामोड- परिवर्तन सामुदायिक सिकाई केन्द्र चारपानेले बिर्तामोड नगर अस्पताललाई दुई थान फलामको आर्म चेयर कुर्सी हस्तान्तरण गरेको छ ।

केन्द्रका अध्यक्ष डिल्लीराम सिटौलाले मंगलवार अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष नगेन्द्रप्रसाद संगौलालाई ती कुर्सी हस्तान्तरण गरेका हुन् । गृल व्यवसायी पहलमान चौहानले पनि एक थान कुर्सी दिएका छन् ।

दाताबाट २० हजार मूल्य बराबरको आर्म चेयर प्राप्त भएको अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुनकुमार पाठकले जानकारी दिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट सुनिल अधिकारी, प्रशासन प्रमुख विमल पोख्रेल लगायको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार ००:००  १० : १३ बजे