५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक जनाको मृत्यु



बिर्तामोड–हात्तीको आक्रमणबाट झापाको शिवसताक्षीमा शुक्रवार बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

मध्यरातमा आएको हात्तीले घर भत्काउन थालेपछि स्थानीयले खेद्ने प्रयास गरेका थिए । त्यसक्रममा राईलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार ००:००  ८ : २७ बजे