बिर्तामोड–बैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो पाँच वर्षमा मृत्यु भएका पाँचहजार तीनसय ६२ जना नेपाली श्रमिकका परिवारले राहत रकम पाएका छन् । वैदेशिक रोजगार कल्याणकारी कोषबाट मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।
कल्याणकारी कोषबाट तीन अर्व भन्दाबढी रुपैयाँ राहत स्वरुप उपलब्ध गराइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बितेको पाँच वर्षमा पाँच हजार एकसय ८४ जना पुरुष र एकसय ७८ जना महिलाले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।
२०६४ फागुन ८ गते सरकारले कल्याणकारी कोषको स्थापना गरेको थियो । इजाजत प्राप्त संस्थाहरूमार्फत वैदेशिक रोजगारमा जाने कामदारले कोषमा करार अवधिअनुसार रकम जम्मा गर्नुपर्ने प्रावधान छ ।


















