९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा



बिर्तामोड–संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला भएका छन् । संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा समस्या देखिएपछि उनीहरु आवश्यक छलफलमा जुटेका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीको सहभागितामा तहगत अधिकारको कार्य विस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ । उक्त संगोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरणको बारेमा कार्यपत्र प्रस्तुतिसँगै छलफल हुने भएको छ ।

बिहीबार र शुक्रवार हुने कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहने भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रवार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार ००:००  ७ : ४९ बजे