८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

बिर्तामाेड २ का जेष्ठ नागरिकलाई धार्मिक पर्यटकीयस्थल भ्रमणकाे अवसर



झापा-बिर्तामोड वडा नम्बर २ ले वडाभित्रका ६५ जना जेष्ठ नागरिकलाई धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गराएको छ ।

वडाको संयोजनमा गठित रमाइलो भेटघाट चौतारीमार्फत ६० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई झापाका प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन गराइएको हो ।

वडाध्यक्ष किशोरकुमार पौडेलका अनुसार वडाको आर्थिक व्यवस्थापनमा जेष्ठ नागरिकलाई अवलोकन भ्रमण गराइएको हो ।

अवलोकन भ्रमणले जेष्ठ नागरिकलाई धार्मिक पर्यटकीय क्षेत्रको ऐतिहासिक र वर्तमान अवस्था थाहा पाउने अवसर मिलेको अध्यक्ष पौडेलले बताए ।

वडा सदस्य ओम गौतमको नेतृत्वमा जेष्ठ नागरिकलाई सतातीधाम, धनुषकोटी धाम, अर्जुनधारा जलेश्वर धाम लगायतका धार्मिक पर्यटकीय स्थलको अवलोकन गराएको हाे ।

रमाइलो भेटघाट चौतारीमार्फत जेष्ठ नागरिकले आफ्ना पीरमर्का समाधानका लागि संगठित प्रयास गर्दै सम्मानजनक जीवनयापनको पक्षमा वकालत गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार ००:००  ५ : १३ बजे