८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश




झापा-नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । शरणार्थी प्रकरणको सुनुवाईका क्रममा शुक्रवार अदालतले नेता रिजालसँग १५ लाख रुपैयाँ धरौटी मागेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गिरोहको गिरफ्तारीसँगै भुटानी मानवअधिकारवादी नेता रिजाल पनि पक्राउ परेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा नेता रिजालको पनि संलग्नता रहेको अनुमानका बीच अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

नेता रिजालको पक्षका कानुन व्यवसायीले मानव तस्करीमा ‘असहयोग’ गरेका कारण रिजाललाई फसाइएको तर्क गर्दै आएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार ००:००  ७ : २१ बजे