बिर्तामोड–भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले बैठक भत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोशाक प्रदान गरेकी छन् ।
उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयका बालबालिकालाई पोशाक वितरण गरेकी हुन् ।
कार्यक्रममा शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान पनि गरिएको छ ।
बालबालिकालाई नियमित रूपमा विद्यालय जान प्रेरित गर्न तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरूप उनीहरूलाई सम्मान गरेको उपप्रमुख शेर्पाले बताइन् ।


















