८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विष्फोटमा घाइते भएका सांसद भण्डारीलाई भारत लगिँदै



काठमाडौँ -कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत सांसद चन्द्र भण्डारीलाई केहीबेरमा थप उपचारका लागि मुम्बइ लगिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारीलाई भारतको मुम्बइस्थित नेशनल वर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएका छन् ।

श्री एयरलाइन्समार्फत् मुम्बइ लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरीको सचिवालयले जनाएको छ । स्वास्थ्य अवस्था जटिल भएपछि भण्डारीलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो ।

बुधबार राति खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा कांग्रेस सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । दुवैजनालाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा हरिकला भण्डारीको आज बिहान निधन भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार ००:००  १ : ४४ बजे